बजारमा धेरै प्रकारका क्रिम तथा जेल पाइन्छन् । कतिपय क्रिमले सरीरको छाला चम्किलो पार्ने दाबी गरिन्छ भने कतिपय क्रिम सरीरको चाउरी हटाउने भन्दै बजारमा ल्याइएको छ ।

केही समयअघि योनीको छाला चम्किलो र गोरो पार्ने भन्दै एउटा जेलको प्रचार गरिएको थियो ।

टेलिभिजनमार्फत प्रचारित उक्त विज्ञापन निकै विवादित पनि बन्यो । काला वर्णका मानिसहरुले गोरो योनी मात्र पुरुषले मन पराउँछन् भन्ने आशयको उक्त विज्ञापनको घोर विरोध गर्न भ्याए ।

तरपनि उक्त विज्ञापन बजि नै रह्यो । यसैबीच फेरी अर्को प्रकारको जेल बजारमा आएको छ । यो जेल लगाएमा योनी कसिलो हुने दाबी गरिएको छ ।

१८ अगेन अर्थात् तपाइँ ‘फेरी १८ वर्षे जोवन’ नामको उक्त जेलले महिलाको योनीलाई कसिलो तथा भर्जिन जस्तै बनाउने दाबी गरिएको छ । भारतीय टेलिभिजनबाट प्रशारण हुने यो विज्ञापनमा एक दम्पत्ति आफ्ना परिवारजनका अगाडि मज्जाले नाचिरहेको देखाइएको छ ।

ती महिलाले आफु निकै तरुनी जस्तै भएको र खुसी रहेको बताउँछिन् भने पुरुषले आफुहरुको सेक्स लाइफमा निकै सुधार आएको र पहिलोचोटी सेक्स गर्दाको जस्तै मज्जा आउने गरेको बताउँछन् ।

स्मरण रहोस् यो जेल उत्पादक कम्पनीले १८ अगेन जेललाई बजारमा पठाउँदा नायिका सेलिना जेट्लीलाई बोलाएर ठूलै कार्यक्रमको आयोजना गरेको थियो ।

सायद २ बच्चा जन्माएकी सेलिनाका लागि समेत जवानी फर्काउने उक्त जेल आवश्यक रहेको भन्ने देखाउन त्यसो गरिएको हुनसक्छ